दफा २५
विदेशी मुद्राको कारोबार गर्न सुविधा
(१) विदेशी लगानीकर्ता वा विदेशी लगानी भएका उद्योगले नेपालको कुनै वाणिज्य बैंक वा पूर्वाधार विकास बैंक वा वित्तीय संस्थामा नेपाली मुद्रामा र प्रचलित कानून बमोजिम परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजत प्राप्त कुनै बैंक वा वित्तीय संस्थामा विदेशी मुद्रामा खाता खोली कारोबार गर्न सक्नेछ।
तर परिवर्त्य विदेशी मुद्रामा खाता खोली कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ।
(२) विदेशी लगानी भएका उद्योगले परिवर्त्य विदेशी मुद्राको विनिमयदर हेरफेरको जोखिम न्यूनीकरण गर्न बैंक वा वित्तीय संस्था मार्फत स्वीकृत प्राप्त डेरिभेटिभस् उपकरणको प्रयोग गर्न सक्नेछ।